गुणस्तरहीन सीएचसी स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन
बुधबार, ३० कात्तिक २०७९, ०९ : १२
ग्लोवल हेल्थ केयरले उत्पादन गरेको सीएचसी ह्याण्ड सेनिटाइजर गुणस्तरहीन पाइएको भन्दै औषधि व्यवस्था विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ ।
विभागले उक्त स्यानिटाइजर विक्रि वितरण नगर्न पनि वितरकहरुलाई अग्रह गरेको छ । यसअघि निर्वाचन आयोगले पनि मतदान केन्द्रमा उक्त स्यानिटाइजर पठाइएकोमा गुणस्तरहीन भएपछि प्रयोग नगर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको थियो ।
औषधि व्यवस्अथा विभागका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै विभागले उक्त स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण