गुणस्तरहीन सीएचसी स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन
बुधबार, ३० कात्तिक २०७९, ०९ : १२
ग्लोवल हेल्थ केयरले उत्पादन गरेको सीएचसी ह्याण्ड सेनिटाइजर गुणस्तरहीन पाइएको भन्दै औषधि व्यवस्था विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ ।
विभागले उक्त स्यानिटाइजर विक्रि वितरण नगर्न पनि वितरकहरुलाई अग्रह गरेको छ । यसअघि निर्वाचन आयोगले पनि मतदान केन्द्रमा उक्त स्यानिटाइजर पठाइएकोमा गुणस्तरहीन भएपछि प्रयोग नगर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको थियो ।
औषधि व्यवस्अथा विभागका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै विभागले उक्त स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय