निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताए । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको र चुनाव पछि पनि गठबन्धन सरकार बन्ने बताए ।
अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले) लाई सघाएर सरकारमा पठाउँदा संविधान नै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने– “केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरूले गठबन्धन निर्माण गर्यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।”
अध्यक्ष केसीले एमालेले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए । एमालेले पटक–पटक संसदलाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताए । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण