सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष केसी

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : ११
बिहीबार, ०१ मङ्सिर २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताए । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको र चुनाव पछि पनि गठबन्धन सरकार बन्ने बताए ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले) लाई सघाएर सरकारमा पठाउँदा संविधान नै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने– “केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरूले गठबन्धन निर्माण गर्यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।”

अध्यक्ष केसीले एमालेले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए । एमालेले पटक–पटक संसदलाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताए । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप