दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे
भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।
“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उनले भने, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।”
मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी भण्डारीले बताए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरी तीन हजार सात सय २० जना कर्मचारी खटाइएको हो । अहिले जिल्लाका सबै स्थानमा खटिएका कर्मचारीले बुथ निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
साथै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आवश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरी तयारी गरिएको छ । जिल्लाका मतदानस्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको छ । साथै आवश्यक परेको खण्डमा थप नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ । हाल ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दाङमा तीनवटा निर्वाचन क्षेत्रमा एक सय ५३ वटा मतदानस्थल छन् । जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४३ उम्मेदवार छन् । यसपटक जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण