दोलखाका ७ ठाउँमा तनाव, २६ राउन्ड फायर
झडप र विवादका कारण दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन । बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ मा पनि तनाव सिर्जना भएपछि मतदान स्थगित गरिएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआइजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
झडपको क्रममा केही मानिसहरूले ब्यालेट बक्स फुटाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण