डोल्पाका मत पेटिका हेलिकोप्टरबाट ओसारिँदै
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ३६
माथिल्लो डोल्पाका २२ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ल्याउन सुरु भएको छ । डोल्पाको माथिल्लो भागबाट बिहानैदेखि मत पेटिका ल्याउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए ।
‘माथिल्लो डोल्पाका सबै तत पेटिका आजै ल्याइसक्छौ । तल्लो डोल्पाको मत पेटिका हिँडेर बेलुका सम्म ल्याइन्छ’ सुवेदीले भने,‘आज बेलुकासम्म सबै मत पेटिका संकलन भएपछि भोलि बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ ।’ निर्वाचन सम्पन्न भएको चौथो दिनबाट मात्र यहाँ मतगणना सुरु हुने भएको हो ।
सर्वदलीय बैठक भने आज बेलुकासम्म बस्ने तयारी रहेको सुवेदीले बताए । डोल्पामा कुल ६६ मतदान केन्द्र छन् । यस जिल्लाबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनबहादुर बुढा र एमालेबाट गणेशबहादुर शाही उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण