पहिलो खेलमा नै अर्जेन्टिना स्तब्ध
मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ५२
साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो ।
खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीको पुनरागमन पुरा गरे ।
योसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भन्दै रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण