पहिलो खेलमा नै अर्जेन्टिना स्तब्ध
मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ५२

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो ।
खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीको पुनरागमन पुरा गरे ।
योसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भन्दै रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन