तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी
तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरे । खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण