विश्वकप फुटबलमा आज चार खेल
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् ।
आज हुने पहिलो खेलमा क्रोएसियाले मोरोकोको सामना गर्दैछ । समूह ‘एफ’ मा रहेको साविकको उप–विजेता टोली मोरक्को र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा हुनेछ ।
क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज हुने खेलमा सहज जित निकाल्दै क्रिएसिया अघिल्लो विश्वकप जस्तै लय कायम गर्ने योजनामा छ ।
दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।
यता जापान पनि सहज जितको अपेक्षामा हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
बुधबार हुने अन्तिम खेलमा बेल्जियमले क्यानडासँग भिड्दै छ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ
-
भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल
-
गिरीबन्धुको नाम सुनेपछि किन झस्किन्छन् ओली ?
-
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
-
बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक