विश्वकप फुटबलमा आज चार खेल
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् ।
आज हुने पहिलो खेलमा क्रोएसियाले मोरोकोको सामना गर्दैछ । समूह ‘एफ’ मा रहेको साविकको उप–विजेता टोली मोरक्को र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा हुनेछ ।
क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज हुने खेलमा सहज जित निकाल्दै क्रिएसिया अघिल्लो विश्वकप जस्तै लय कायम गर्ने योजनामा छ ।
दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।
यता जापान पनि सहज जितको अपेक्षामा हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
बुधबार हुने अन्तिम खेलमा बेल्जियमले क्यानडासँग भिड्दै छ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण