जुम्ला (ख) मा कर्णालीका बहालवाला भौतिक मन्त्रीलाई एमालेका पछाईको चुनौती
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : २२
कर्णाली प्रदेश सरकारका वहालवाला भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई जुम्ला (ख) मा एमालेका युवा नेता टेकराज पछाईले कडा टक्‍कर दिइरहेका छन् ।
पछिल्लो प्राप्त नतिजा अनुसार सो क्षेत्रमा १७ हजार ८५८ मतगणना भएको छ । जसमा एमाले नेता पछाईले मन्त्री रोकायलाई ९०७ मतान्तरले पछि पारिरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का जुम्ला जिल्ला इञ्चार्ज समेत रहेका मन्त्री रोकायलाई गठबन्धनको साथ छ । तर पनि रोकाय पछिल्लो नतिजा अनुसार निरन्तर पछि पर्दै आएका छन् । पछाईले ६ हजार ९४५ मत प्राप्त गर्दा रोकायले ६ हजार ३८ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले ३ हजार २२० मत ल्याएका छन् भने नेमकिपाका विर्षबहादुर रावतले १ हजार १२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण