रोल्पामा स्वतन्त्र उम्मेदवार पुन जित नजिक
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ४२
रोल्पा निर्वाचन क्षेत्र १ को प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन मगरले ३ हजार ६६ मतले अग्रता कायम राख्दै जित नजिक पुगेका छन् ।
निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको मत परिणाम अनुसार २५ हजार १९६ गणना गर्दा स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुन मगरले १० हजार ५९२ लिएका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका सभापति एवं पूर्व सिँचाई राज्यमन्त्री अमरसिंह पुन मगरले ७ हजार ५२६ लिएका छन् ।
प्रदेश सभा (ख) मा ३७ हजार २८ मत खसेकोमा अब ११ हजार ८३२ मात्र गणना हुन बाँकी रहेको निर्वाचन कार्यालय रोल्पाले बताएको छ ।
दीपेन्द्र कुमार पुन मगर माओवादी नेता भए पनि गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा मैदानमा गएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण