मकवानपुर-१ मा डिनाको अग्रता लगातार बढ्दो
बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ३६
प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले लगातार अग्रता लिइरहेकी छिन् । सुरुवात देखिनै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ९४९ मतको अग्रता बनाएकी छिन् ।
उनले अग्रता बनाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासँगको मतान्तर कम गर्न संघर्षरत रहेका छन् ।
कुल ३७ हजार ८४ मत गन्दा डिनाले १३ हजार ६३० मत पाएकी छिन् भने थापाले १० हजार ६८१ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ८ हजार ४०३ मतसहित थापालाई पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण