सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर-१ मा डिनाको अग्रता लगातार बढ्दो

बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ३६
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले लगातार अग्रता लिइरहेकी छिन् । सुरुवात देखिनै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ९४९ मतको अग्रता बनाएकी छिन् । 

उनले अग्रता बनाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासँगको मतान्तर कम गर्न संघर्षरत रहेका छन् । 

कुल ३७ हजार ८४ मत गन्दा डिनाले १३ हजार ६३० मत पाएकी छिन् भने थापाले १० हजार ६८१ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ८ हजार ४०३ मतसहित थापालाई पछ्याइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप