मोरङ ६ (१) बाट माओवादी नेता जीवन आचार्य विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १० : २४
मोरङको क्षेत्र नं ६(१) बाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् । २०७४ सालको निर्वाचनमा आचार्य काँग्रेसका चुमन सरदारसँग पराजित भएका थिए । यस पटक काँग्रेसकै सहयोगमा आचार्यले एमाले उम्मेदवारलाई पराजित गरेर प्रदेश सांसदको यात्रा तय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण