शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ ६ (१) बाट माओवादी नेता जीवन आचार्य विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १० : २४
बिहीबार, ०८ मङ्सिर २०७९

मोरङको क्षेत्र नं ६(१) बाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् । २०७४ सालको निर्वाचनमा आचार्य काँग्रेसका चुमन सरदारसँग पराजित भएका थिए । यस पटक काँग्रेसकै सहयोगमा आचार्यले एमाले उम्मेदवारलाई पराजित गरेर प्रदेश सांसदको यात्रा तय गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप