प्लेयर टू वाच : सरदार अजमुन, इरान
मेहदी तारेमी र सरदार अजमुनलाई इरानको फरवार्ड लाइनको दुई पाङ्ग्रा मानिन्छ । विगत सात वर्षदेखि उनीहरुले सफलतापूर्वक इरानको आक्रमणको नेतृत्व गर्दै आइरहेका छन् ।
तारेमी डिक्स बक्सको आसपास घुमिरहँदा अजमुनले भने आफ्नो भिमकाय शरीर र गोललाई पूर्वमानुमान गर्ने क्षमता प्रयोग गर्दै अवसरहरुलाई सदुपयोग गर्ने गर्छन् । आफ्नो देशमा सिनियर क्लब फुटबल नखेलेका अजमुनले आफ्नो सिनियर किरियर रसियन प्रिमियर लिग टोली रुबिन काजानबाट सूर गरे ।
त्यहाँ उनको युरोपियन फुटबलमा आफ्नो नाम स्थापित गर्न सफल भए । उनी च्याम्पियन्स लिगमा इरानबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । गत जनवरीमा २७ वर्षीय खेलाडी बुन्डेस लिगामा बायर लेभरक्युजनसँग आबद्ध भएका छन् ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा टोलीमा स्थान बनाउन नसकेका उनले सन् २०१५ मा अस्ट्रेलियामा भएको एएफसी एसियन कपमा आफूलाई स्थापित गराए । उनले कतारविरुद्ध समूह चरणमा उत्कृष्ट गोल गरेका उनले इराकविरुद्ध क्वार्टरफाइनलमा ३–३ को बराबरी गर्दा पहिलो गोल गरेका थिए । टोली सो खेलमा पेनाल्टीमा पराजित भएको छ ।
चार वर्षपछि युएईमा भएको प्रतियोगितामा उनी सबैभन्दा धेरै गोल गर्ने सूचीमा दोस्रो स्थानमा रहे । ४० गोल गर्दै उनी इरानका लागि सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी छन् । प्रति खेल गोलको रेकर्डमा उनीभन्दा अघि महान् खेलाडी अली देइमात्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण