बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकपका भाइरल ‘मेट्रो म्यान’

शुक्रबार, ०९ मङ्सिर २०७९, १० : २३
शुक्रबार, ०९ मङ्सिर २०७९

केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो बाटो !’ यतिबेला चर्चित वाणी बनेको छ ।

‘हामी उनलाई मन पराउँछौँ, हामीलाई ‘मेट्रो  म्यान’ मनपर्छ,’ एकजना फुटबल समर्थकले भने । अर्का फुटबल समर्थकले भनेका छन्, ‘मैले उनलाई टिकटकमा देखेको थिएँ । मलाई निकै रमाइलो लाग्यो । उनले मलाई हसाउँछन् । उनको काम कति सहज छ ।’ 

कतारको चर्चित सोक वाकिफ बजार पुग्ने फुटबल समर्थकहरूले आज भोलि उनीसँग कुराकानी गर्न पुग्ने गरेका छन् । उनका अन्य समकक्षीले पनि उनीसँग रमाइलो गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप