विश्वकपका भाइरल ‘मेट्रो म्यान’
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : २३
केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो बाटो !’ यतिबेला चर्चित वाणी बनेको छ ।
‘हामी उनलाई मन पराउँछौँ, हामीलाई ‘मेट्रो म्यान’ मनपर्छ,’ एकजना फुटबल समर्थकले भने । अर्का फुटबल समर्थकले भनेका छन्, ‘मैले उनलाई टिकटकमा देखेको थिएँ । मलाई निकै रमाइलो लाग्यो । उनले मलाई हसाउँछन् । उनको काम कति सहज छ ।’
कतारको चर्चित सोक वाकिफ बजार पुग्ने फुटबल समर्थकहरूले आज भोलि उनीसँग कुराकानी गर्न पुग्ने गरेका छन् । उनका अन्य समकक्षीले पनि उनीसँग रमाइलो गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण