प्लेयर टू वाच : रोबर्ट लेवान्डोस्की, पोल्याण्ड
दुई पटकको द बेस्ट फिफा मेन्स प्लेयर, पोल्याण्ड र जर्मनीमा एक दर्जन पटक वर्षको उत्कृष्ट खेलाडी, बुन्डेस लिगामा सात पटक सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप र यूईएफए च्याम्पियन्स लिग विजेता... । पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्कीले हासिल गरेका उपलब्धिहरुको सूची लामो छ ।
बार्सिलोनामा आबद्ध हुनअघि लेवान्डोस्कीले बायर्न म्युनिख र बोरुसिया डर्टमण्डमा रहँदा ३८४ खेलमा ३१२ गोल गरेका थिए । ला लिगामा पनि उनले आफ्नो गोल वर्षा जारी राखेका थिए । पोल्याण्डका लागि उनले १३२ खेलमा ७६ गोल गरिसकेका छन् । तर उनको लोभलाग्दो बायोडाटामा एउटा कुरा भने गयल छ, त्यो हो विश्वकपमा गोल ।
सन् २०१८ मा रुसमा लेवान्डोस्कीले पहिलोपटक विश्वकप खेलेका थिए तर त्यहाँ उनले गोल गर्न सकेनन् । अन्ततस् पोल्याण्ड समूह चरणबाट नै बाहिरियो । गत मंगलबार उनले मेक्सिकोविरुद्ध खाता खोल्ने सुन्दर अवसर पाए । तर, पेनाल्टीमा चुक्दा उनको यो सपना अझै अधुरो नै रहेको छ । त्यही भएर ३४ वर्षीय खेलाडीलाई कतार विश्वकपमा विश्वकपमा गोलकर्ताको सूचीमा आफ्नो नाम राख्ने चुनौती छ । पोल्याण्डलाई नकआउट चरणमा पुर्याउने जिम्मेवारी पनि उनको काँधमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण