प्लेयर टू वाच : गिएर्मो ओचोआ, मेक्सिको
ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् ।
उनको भरपर्दो उत्तराधिकारी नभेटिएकाले यो विश्वकपमा पनि मेक्सिको डिफेन्सको अन्तिम लाइनमा उनकै भरोसामा रहेको छ । कतार विश्वकपको पहिलो खेलमा पनि उनले रोबर्ट लेवान्डोस्कीको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई महत्त्वपूर्ण अङ्क दिलाइसकेका छन् ।
पाँचौँ पटक विश्वकपमा सहभागिता जनाइरहेका ओचोआ हाल मेक्सिकन क्लब अमेरिकासँग आबद्ध छन् । फेरि एकपटक उनले युरोपियन फुटबलका लागि दाबेदारी प्रस्तुत गर्ने आङ्कलन गरिएको छ । यसअघि स्पेनिस क्लब मालागा र ग्रानाडासँग आबद्ध भएका उनी त्यहाँ सफल हुन सकेनन् ।
यता मेक्सिकोका लागि भने आफ्नो उत्कृष्ट गोलकिपिङको मद्दतले उनले धेरैपटक विश्वका उत्कृष्ट स्ट्राइकरहरूलाई निराश बनाइसकेका छन् । मेक्सिकोका लागि सन् २००५ मा डेब्यू गरेका उनले १३२ खेल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण