मेस्सी चम्कँदा मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित
विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो ।
लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए ।
खेलको ८७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सीको दुई खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ ।
अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण