मेस्सी चम्कँदा मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो ।
लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए ।
खेलको ८७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सीको दुई खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ ।
अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप