प्लेयर टू वाच : ताकुमी मिनामिनो, जापान
जापानको फुटबलमा १० नम्बर जर्सीको आफ्नै महत्त्व छ । सुनसुके नाकामुरा र सिन्जी कागावाजस्ता खेलाडीले पहिरिएको यो जर्सीलाई अहिले ताकुमी मिनामिनोले पहिरिन्छन् । त्यसैले त्यो जर्सीसँगै आउने जिम्मेवारी उनको काँधमा रहेको छ ।
सन् २०१९÷२० सिजनमा लिभरपुलसँग आबद्ध भए पछि मिनामिनोले निकै चर्चा कमाए । उनी लिभरपुलको सुरुवाती ११ मा नियमितरुपमा पर्न नसके पनि उनी ३० वर्षपछि क्लबलाई लिग उपाधि जिताउने टोलीको सदस्य थिए । गत सिजन लिभरपुललाई चारवटा उपाधि नजिक पुर्याउन पनि उनले योगदान दिए । एनफिल्ड गत सिजन उनले प्रत्येक १०१ मिनेटमा गोल गरेका थिए ।
मिनामिनो यस सिजनको सुरुमा फ्रेन्च लिग १ क्लब मोनाकोमा आबद्ध छन् । उनले क्लबका लागि ९ खेल खेलेर १ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन् ।
जापानका लागि भने उनले ४४ खेल खेल्दै १७ गोल गरेका छन् । कतार विश्वकपमा पनि मिनामिनोले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले जिम्मेवारी सम्हालेदेखि मिनामिनो टिमका लागि मुख्य खेलाडीको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण