फर्नान्डेज चम्किदा उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
मङ्गलबार, १३ मङ्सिर २०७९, ०५ : ५४
ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण