फर्नान्डेज चम्किदा उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
मङ्गलबार, १३ मङ्सिर २०७९, ०५ : ५४
ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने