प्लेयर टू वाच : भर्जिल भान डाइक, नेदरल्यान्ड्स
‘भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए । उनलाई रोक्दै माइकल ओवेनले थपे, ‘मलाई लाग्छ उनले अहिलेसम्मै उत्कृष्ट सेन्टर ब्याक हुन् ।’
बबी मुर, फ्रान्ज बेकेनबाउर, ड्यानियल पासारेला, फ्रांको बारेसी, मार्सेल देसाइली र फाबियो कानाभारोजस्ता सर्वोत्कृष्ट डिफेन्डरहरूले विश्वकपबाट नै आफूलाई फुटबलको इतिहासमा अमर बनाएका थिए । ३१ वर्ष पुगेका भान डाइकले भने अहिलेसम्म यूईएफए युरोकप पनि खेल्न पाएका छैनन् । त्यसैले यो विश्वकप उनका लागि आफ्नो नाम सुनौलो अक्षरले लेख्ने अवसर पनि हो ।
नेदरल्यान्ड्सले पुनरागमनमा भान डाइकको भूमिका महत्त्वपूर्ण रहेको छ । लिभरपुलमा लिगदेखि च्याम्पियन्स लिगको उपाति जितिसकेका उनको ध्याउन्न भनेको राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाउनु रहेको छ ।
सन् २०१९ मा उनी बेस्ट फिफा मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीसँग पछि परेका थिए । तर, त्यतिबेला मेस्सीले उनलाई ‘पूर्ण खेलाडी’ भन्दै तारिफ गरेका थिए । अर्लिङ हालान्डले समेत भान डाइकलाई उनले सामना गरेका सबैभन्दा सशक्त प्रतिद्वन्द्वी भनेर व्याख्या गरेका छन् । सन् २०१५ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका भान डाइकले ५१ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।
समूह ए मा रहेको नेदरल्यान्ड्सले प्रतियोगिताको पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो । दोस्रो खेलमा भने टोली इक्वेडरसँग १–१ को बराबरीमा रोकियो । आज कतारविरुद्धको खेलमा बराबरी वा जीत हासिल गरे टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण