शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषा ४ (२) मा एमालेका महतो विजयी

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ५५
मङ्गलबार, १३ मङ्सिर २०७९

मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । 

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् । 

विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप