विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो
बुधबार, १४ मङ्सिर २०७९, ०६ : ५३
अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।
अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो ।
जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए
-
रवि र गगनको राजनीतिक ब्याटल
-
चोर्नकै लागि हवाईजहाजमा यात्रा