विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।
आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।
दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको समान एक–एक अंक छ ।
आज हुने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्डसँग खेल्नेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाबा छ । पोल्यान्डसँग अर्जेन्टिनाको बराबरी भएपनि प्रतियोगिताबाट बाहिरिने छ ।
यसै समयमा हुने अर्काे खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।
समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । समूह ‘सी’ मा पोल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेयिबा समान ३–३ अंक जोडेर क्रमस दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि