अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ?
विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।
समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।
उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३–० ले पराजित गर्‍यो भने अमेरिकाले इरानमाथि १–० जीत हात पार्‍यो ।
अब अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण