प्लेयर टू वाच : राफायल भरान, फ्रान्स
रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई आशावादी बनाएका छन् ।
गत सिजन फ्रान्सका लागि पनि उनले धेरै खेलहरू गुमाए । जसमा गत जुनमा नेसन्स लिगका चारमध्ये तीन खेल गुमाएका थिए । चोटले सताए पनि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले भरानलाई नै टोलीको रक्षापंक्तिको मुख्य खम्बा मान्छन् ।
कम उमेरमा नै फ्रान्सका लागि ८६ खेलको अनुभव सँगाली सकेका भरानले विश्वकपका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । उनले २१ वर्ष ६ महिनाको उमेरमा उनले सबैभन्दा कान्छो उमेरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेको कीर्तिमान पनि बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एकल महिलाको भत्ता जम्मा गरेर घर बनाएकी थिएँ, ५ मिनेटमै जलेर खरानी भयो’
-
बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता
-
इलाममा अग्रता बढाउँदै एमाले
-
सबैभन्दा गर्मी भैरहवामा, यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर