प्लेयर टू वाच : राफायल भरान, फ्रान्स
रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई आशावादी बनाएका छन् ।
गत सिजन फ्रान्सका लागि पनि उनले धेरै खेलहरू गुमाए । जसमा गत जुनमा नेसन्स लिगका चारमध्ये तीन खेल गुमाएका थिए । चोटले सताए पनि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले भरानलाई नै टोलीको रक्षापंक्तिको मुख्य खम्बा मान्छन् ।
कम उमेरमा नै फ्रान्सका लागि ८६ खेलको अनुभव सँगाली सकेका भरानले विश्वकपका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । उनले २१ वर्ष ६ महिनाको उमेरमा उनले सबैभन्दा कान्छो उमेरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेको कीर्तिमान पनि बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण