प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क
गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो ।
यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको दुई मिनेटभित्र गोल गरे । अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । उनले फुटबलको किताबमा नयाँ दन्त्य कथा लेख्दैछन् । कतार विश्वकप उक्त कथाको नयाँ अध्याय हुनसक्छ ।
गत विश्वकपअघि तत्कालीन प्रशिक्षक एज हराइडेले एरिक्सनलाई विश्वको शीर्ष १० खेलाडीमध्ये भएको बताएका थिए । उनको भिजन, पासको रेन्ज र सेटपिसमा उनको क्षमताले उनलाई अहिले पनि डेनमार्क प्रमुख प्लेमेकर बनाएको छ । ३८ गोलसँगै उनी हालको डेनमार्कको टोलीको सर्वाधिक गोलकर्ता पनि हुन् भने डेनमार्कको सर्वकालिन गोलकर्ताको सूचीमा उनी शीर्ष पाँच स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण