फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?
फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।
बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।
अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुनेछ । यसअघि समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भएको थियो । उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् ।
अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण