समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति
विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।
मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।
आजको खेलमा बेल्जियम र क्रोएसिया तथा मोरक्को र क्यानडा भिड्दैछन् । बेल्जियमलाई अर्को चरणमा पुग्नका लागि क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ । उता क्रोएसियाले भने बेल्जियमसँग बराबरी गरे पनि अर्को चरणमा प्रवेश पाउनेछ । समूहको शीर्ष स्थानमा रहन उसले बेल्जियमलाई हराउनुपर्नेछ । उता, मोरक्कोले क्यानडालाई हराएको खण्डमा शीर्ष स्थानको फैसला गोलअन्तरले गर्नेछ ।
मोरक्कोले क्यानडालाई हराए वा बराबरी गरे उसले स्वतः अर्को चरणमा स्थान बनाउनेछ । हारेको खण्डमा पनि उसको अर्को चरणमा पुग्ने सम्भावना बाँकी रहन्छ । तर, त्यसका लागि क्रोएसियाले बेल्जिमलाई रोक्नुपर्ने हुन्छ । क्यानडा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण