समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति
विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।
मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।
आजको खेलमा बेल्जियम र क्रोएसिया तथा मोरक्को र क्यानडा भिड्दैछन् । बेल्जियमलाई अर्को चरणमा पुग्नका लागि क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ । उता क्रोएसियाले भने बेल्जियमसँग बराबरी गरे पनि अर्को चरणमा प्रवेश पाउनेछ । समूहको शीर्ष स्थानमा रहन उसले बेल्जियमलाई हराउनुपर्नेछ । उता, मोरक्कोले क्यानडालाई हराएको खण्डमा शीर्ष स्थानको फैसला गोलअन्तरले गर्नेछ ।
मोरक्कोले क्यानडालाई हराए वा बराबरी गरे उसले स्वतः अर्को चरणमा स्थान बनाउनेछ । हारेको खण्डमा पनि उसको अर्को चरणमा पुग्ने सम्भावना बाँकी रहन्छ । तर, त्यसका लागि क्रोएसियाले बेल्जिमलाई रोक्नुपर्ने हुन्छ । क्यानडा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
-
सुनसरीमा गोली चल्यो
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो