जर्मनी विश्वकपबाट बाहिरियो

जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।
बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।
यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे । खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।
काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए । जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो ।
जर्मनी यसअघि सन् २०१८ को विश्वकपमा पनि समूह चरणबाट बाहिरियो । जितसँगै जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । यसै समूहबाट ४ अंक जोडेर स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन