जर्मनी विश्वकपबाट बाहिरियो
जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।
बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।
यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे । खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।
काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए । जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो ।
जर्मनी यसअघि सन् २०१८ को विश्वकपमा पनि समूह चरणबाट बाहिरियो । जितसँगै जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । यसै समूहबाट ४ अंक जोडेर स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण