विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । यता अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ ।
आज हुने अर्काे खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उँभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा