चिसो काठमाडौँमा विश्वकपको सरगर्मी (फोटोफिचर)
सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरेका थिए । जसमा हालसम्म प्रिक्वार्टर फाइनलमा पुग्ने १६ राष्ट्रको टुङ्गो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रिक्वार्टर फाइनलका खेलहरू सुरु हुँदैछन् ।
यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरूको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेस्टुराँहरू राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरू कमजोर मानिएका देशहरूसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरूको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भए पनि समर्थकहरू विश्वकपका हरेक खेलहरू हेर्न छुटाउँदैनन् ।

घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौँ उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरूले होइन, विश्वकप हेर्नेहरूले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरू चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सीमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरूको जमात पनि बाक्लै छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले फिफा विश्वकप २०२२ को यो अवसरमा विश्वकप हेर्नेहरूको गतिविधिहरूका बारेमा कैद गरेका यी तस्बिर आजको फोटो फिचरमा ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण