रोमाञ्चक खेलमा भारत बंगलादेशसँग १ विकेटले पराजित
आइतबार, १८ मङ्सिर २०७९, १९ : ३६
बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको हो ।
१३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्तफिजुर रहमानले नटआउट रहँदै क्रमशः ३८ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । उनीहरूबाहेक कप्तान लिटन दासले ४१ रन बनाए । भारतका लागि मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप सेन र वासिङटन सुन्दरले २ विकेट लिए ।
यसअघि शकिब अल हसन र इबादत होसेनको घातक बलिङसामु भारतको ब्याटिङ लाइनअप निरीह देखिएको थियो । हसनले ५ र होसेनले ४ विकेट लिए । ४२.१ ओभरमा अलआउट हुनअघि भरतले १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७३ रन बनाए भने कप्तान रोहित शर्माले २७ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण