आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने
बुधबार, २१ मङ्सिर २०७९, ०६ : ३५
आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।
बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।
पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।
यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ । यसदिन उधौली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण