मोडल सायालाई लोकदोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग
सडक दुर्घटनामा घाइते भएकी मोडल साया भण्डारीलाई लोक दोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
उनलाई उपचाररत अस्पताल नर्भिकमा पुगेर लोक दोहोरी प्रतिस्ठानका पुर्व अध्यक्ष बन्द्री पंगेनी, रमेश बिजी लगायतका टोलीले कल्याणकारी कोषको तर्फबाट नगद ५० हजार आर्थिक सहयोग दिएका हुन् ।
सायाको उपचार राम्रो भइरहेको र उनी छिट्टै घरमा फर्किने रमेश बिजीले बताए । मोडल साया भण्डारी गत १० मंसिरमा सडक दुर्घटनामा परेकी थिइन् । उनी सवार स्कुटर स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनलाई तत्तकालै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले पनि उनको नर्भिकमै उपचार भइरहेको छ ।
मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’, ‘शासन’, ‘पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण