मोडल सायालाई लोकदोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग

सडक दुर्घटनामा घाइते भएकी मोडल साया भण्डारीलाई लोक दोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
उनलाई उपचाररत अस्पताल नर्भिकमा पुगेर लोक दोहोरी प्रतिस्ठानका पुर्व अध्यक्ष बन्द्री पंगेनी, रमेश बिजी लगायतका टोलीले कल्याणकारी कोषको तर्फबाट नगद ५० हजार आर्थिक सहयोग दिएका हुन् ।
सायाको उपचार राम्रो भइरहेको र उनी छिट्टै घरमा फर्किने रमेश बिजीले बताए । मोडल साया भण्डारी गत १० मंसिरमा सडक दुर्घटनामा परेकी थिइन् । उनी सवार स्कुटर स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनलाई तत्तकालै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले पनि उनको नर्भिकमै उपचार भइरहेको छ ।
मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’, ‘शासन’, ‘पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन