शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको दीक्षान्त समारोहले चर्को जाम, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २३ मङ्सिर २०७९, १४ : २७
शुक्रबार, २३ मङ्सिर २०७९

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको कारण ललितपुर क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा भएको समारोहका कारण त्यसआसपासका क्षेत्रमा सवारीको चर्को जाम भएको छ । 

४८औँ दीक्षान्त समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् । 

समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप