आँखा उपचार केन्द्र जुम्लामा बिरामीको चाप
जुम्लामा आँखाका बिरामी बढेका छन्। वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको हो ।
आर्थिक वर्ष २०६७/०७७ मा ४ हजार ७ सय ५५,२०७७/०७८ मा ५ हजार २ सय ७६, २०७८/०७९ मा ५ हजार ७ सय ९३ र चालू आर्थिक वर्षको हाल सम्म २ हजार १ सय ६४ जना आँखाका बिरामीको उपचार गरिएको केन्द्रका प्रमुख कालीबहादुर रावतले बताए। उनका अनुसार बिरामी हरेक वर्षमा बढेको पाइन्छ।
मोबाइल तथा कम्प्युटरको बढी मात्रामा प्रयोग गर्दा पटक-पटक आँखामा समस्या देखिने गरेको उनको भनाइ छ । जुम्लाका सबै स्थानीय तहबाट केन्द्रमा उपचारको लागि आउने गर्दछन्। केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्द्रमै तथा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ ।
वातावरण प्रदूषण, घरभित्रको धुलो धुवाँ र समयमै आँखा परीक्षण तथा उपचार र सुरक्षा नगर्दा धेरैमा कुनै न कुनै प्रकारका रोगले आँखामा संक्रमण गर्ने गरेको पाइएको छ। मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउने लगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् ।
केन्द्रका आइ वर्कर दलबहादुर महताराका अनुसार केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ। आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न उनले आग्रह गरे । आँखाको समस्या देखिनासाथ केन्द्रमा आउन आँखाका बिरामीलाई उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण