आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इयु नेताहरूद्वारा रुसविरुद्ध नवौँ​ प्रतिबन्ध प्याकेज अनुमोदन

शुक्रबार, ०१ पुस २०७९, १२ : ५६
शुक्रबार, ०१ पुस २०७९

युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ​ प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ।

उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको  प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ । 

युक्रेनलाई मद्दत गर्नको लागि १८ बिलियन यूरोको आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।

'युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,' नेताहरूले सम्मेलनपछि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप