शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

शनिबार, ०२ पुस २०७९, ०९ : ३८
शनिबार, ०२ पुस २०७९

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहने भएको छ । प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला हुनेछ ।

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप