निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै
निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहने भएको छ । प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला हुनेछ ।
प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण