शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फाइनल : नेपाली कलाकार को कुन टोलीको पक्षमा ?

आइतबार, ०३ पुस २०७९, १७ : १५
आइतबार, ०३ पुस २०७९

कतारमा जारी ‘विश्वकप २०२२’ को अन्तिम (फाइनल) खेल आज साँझ हुँदैछ । नेपाली समय अनुसार साँझको ८ः४५ मा हुने आजको खेलमा फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । फ्रान्स र अर्जेन्टिना विभिन्न चरणको खेलमा विजेता बन्दै फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुगेका फ्रान्स र अर्जेन्टिनामध्ये यो पटकको विश्वकपको ट्रफी कसले उठाउला  ? सबैको ध्यान र नजर त्यसै तर्फ केन्द्रित रहेको छ । मिडिया, सामाजिक सञ्जालदेखि चारैतिर विश्वकप जित्न सक्ने टिम र देश आ–आफ्नै अड्कलबाजी छन् । विश्वकप जित्न सक्ने टिपको विषयमा कुरा गर्दा नेपाली कलाकार पनि दुई धारमा बाँडिएका छन् । कतिपय यो पटकको विश्वकप अर्जेन्टिनाले जित्ने बताउँदा कतिपय फ्रान्सले जित्ने अनुमान लगाउँछन् । विश्वकपको फाइनलमा को कलाकार कसको पक्षमा ।

को–को अर्जेन्टिनाको पक्षमा ?

दीपकराज गिरी
अभिनेता दीपकराज गिरी विश्वकपको फाइनलमा रहेका फ्रान्स र अर्जेन्टिना दुवै राम्रा टिम भएको बताउँछन् । तर विश्वकप भने अर्जेन्टिनाले उठाए हुन्थ्यो भन्ने उनको चाहना छ । 

रेखा थापा 
अभिनेत्री रेखा थापा पनि अर्जेन्टिनाको फ्यान हुन् । उनी यो पटकको विश्वकप अर्जेन्टिनाले नै उठाउने बताउँछिन् । 
 
लक्ष्मी बर्देेवा
अभिनेत्री लक्ष्मी बर्देवाको मन पर्ने टिम यही भन्ने छैन । तर यो पटकको विश्वकप अर्जेन्टिनाले जितोस् जस्तो उनी चाहन्छिन् ।

केकी अधिकारी
अभिनेत्री केकी पहिले देखिनै अर्जेन्टिनाको फ्यान हुन् । यो पटक विश्वकप अर्जेन्टिनाले नै उठाएको उनको हेर्ने चाहना छ ।

दीपाश्री निरौला
अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला ब्राजिल र पोर्चुगलको फ्यान हुन् । यो पटक विश्वकप भने अर्जेन्टिनाले उठाउन सक्ने उनको धारणा छ ।

प्रदीप भट्टराई
फिल्म निर्देशक प्रदीप भट्टराई पनि अर्जेन्टिनाले विश्वकप जित्ने बताउँछन् । उनको मन पर्ने टिम भने इङ्ल्याण्ड हो ।
 
लक्ष्मी आचार्य 
गायिका लक्ष्मी आचार्य पनि अर्जेन्टिनाको फ्यान हुन् । अर्जेन्टिनाको जर्सीमा फोटोसुट समेत गराउँदै आएकी आचार्य पनि यसपटकको कप अर्जेन्टिनाले नै जित्ने दाबी गर्छिन् ।

राधिका हमाल
लोक गायिका राधिका हमाल पनि विश्वकप अर्जेन्टिनाले उठाउने बताउँछिन् । उनको मन पर्ने टिक पनि अर्जेन्टिना नै हो ।

खुस्बु खड्का 
अभिनेत्री खुस्बु खड्का पनि विश्वकप अर्जेन्टिनाले उठाएको हेर्न मन रहेको बताउँछिन् । ब्राजिलको फ्यान उनी ब्राजिल फाइनलमा नभएकोले अर्जेन्टिनाको सपोर्टमा छिन् ।

रोहित रुम्बा 
अभिनेता रोहित रुम्बा पनि विश्वकप अर्जेन्टिनाले जित्ने बताउँछन् । मन पर्ने टिक पोर्चुगल हो ।

प्रदीप कुमार उदय 
फिल्म निर्माता प्रदीप कुमार उदय पनि विश्वकप अर्जेन्टिनाले जित्ने बताउँछन् । अर्जेन्टिनाले उदयको मन पर्ने टिम पनि हो ।

सन्तोष उपाध्याय
मिष्टर नेपाल सन्तोष उपाध्याय पनि यस पटकको विश्वकप अर्जेन्टिनाले उठाउने बताउँछन् । 

अनु शाह 
अभिनेत्री अनु शाह पनि यो विश्वकप अर्जेन्टिनाले नै उठाउने बताउँछिन् । उनको मन पर्ने टिम ब्राजिल हो । ब्राजिल बाहिरिएपछि उनी अर्जेन्टिनाको सपोर्टमा छिन् । 

शिवशंकर रिजाल 
विश्वकप अर्जेन्टिनाको जित्नुपर्छ । किनभने फ्रान्स यस अगाडिको विश्वकप जितेको थियो ।

गजित विष्ट
विश्वकप अर्जेन्टिनाको जित्नुपर्ने अभिनेता गजित विष्ट बताउँछन् । विष्ट पहिले देखिनै अर्जेन्टिना फ्यान हुन् । उनको मन पर्ने खेलाडी मेसी हो । 

नवीन पौडेल 
लोक गायक नवीन पौडेल पनि विश्वकप अर्जेन्टिनाको जित्ने बताउँछन् । पौडेल विश्वकपमा सबै खेल हेर्न अर्जेन्टिनाको खेल सधैँ हेर्छन् । 

को–को फ्रान्सको पक्षमा ?

निर्मल शर्मा 
कलाकार निर्मल शर्मा ‘गैँडा’ विश्वकप कुनै फुटबल टोलीको सपोर्टमा भन्दा पनि मनोरञ्जनका लागि नियमित हेर्दै आएका छन् । यो पटकको विश्वकप फ्रान्सले उठाउने उनी अनुमान लगाउँछन् ।

सन्तोष श्रेष्ठ 
चर्चित संगीतकार सन्तोष श्रेष्ठ फुटबलका सौखिन हुन् । उनी यो विश्वकपको नियमित दर्शक पनि । यो पटकको विश्वकप फ्रान्सले उठाउने उनी बताउँछन् । 

कस्तुप पन्त
चर्चित लोक गायक कस्तुप पन्त पनि यो पटकको विश्वकप फ्रान्सले उठाउने बताउँछन् । उनको मन पर्ने टिम भने फ्रान्स र पोर्चुगल हो ।

भोलाराज सापकोटा
अभिनेता भोलाराज सापकोटा विश्वकप फ्रान्सले जित्ने बताउँछन् । उनको मन पर्ने टिम भने जापान हो ।

जोगेन्द्र केसी  
वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी पोर्चुगलका फ्यान हुन् । पोर्चुगल फाइनलमा नभएकोले उनी फ्रान्सले विश्वकप जित्नुपर्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप