काठमाडौं उपत्यकाको कस्तो छ ट्राफिक अवस्था ?
मङ्गलबार, ०५ पुस २०७९, १२ : ४०
काठमाडौंको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।
सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो प्रयोग गर्न सक्ने जनाएको छ । आउने सवारी साधन भने थलीबाट आउन सक्नेछन् ।
काठमाडौं उपत्यकाको नागस्थान, भद्रकाली र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन् । केही समयअघि त्रिपुरेश्वर चोकमा सवारीसाधन बिग्रिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको क्यु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाको अन्य मुख्य मुख्य चोकहरुमा भने सवारीसाधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण