शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाको कस्तो छ ट्राफिक अवस्था ?

मङ्गलबार, ०५ पुस २०७९, १२ : ४०
मङ्गलबार, ०५ पुस २०७९

काठमाडौंको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ । 

सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो प्रयोग गर्न सक्ने जनाएको छ । आउने सवारी साधन भने थलीबाट आउन सक्नेछन् । 

काठमाडौं उपत्यकाको नागस्थान, भद्रकाली र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन् । केही समयअघि त्रिपुरेश्वर चोकमा सवारीसाधन बिग्रिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको क्यु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाको अन्य मुख्य मुख्य चोकहरुमा भने सवारीसाधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप