शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बिहीबार, ०७ पुस २०७९, ०६ : २०
बिहीबार, ०७ पुस २०७९

हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप