बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

आइतबार, १० पुस २०७९, ०६ : ०४
आइतबार, १० पुस २०७९

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना  र  तराईमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप