सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगे प्रचण्ड र बाबुराम
सोमबार, ११ पुस २०७९, ११ : ४५
सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगेका छन् । बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी रहेकोले केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ ।
बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।
सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण