बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँले दर्ता गरे उम्मेदवारी

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । समितिका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने उम्मेदवार दर्ताका लागि बिहान १० बजे सम्मको समयसीमा तोकिएको छ । संसदीय दलको नेता बन्न ४५ हजार दस्तुर तोकिएको छ ।
दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुने निर्वाचन समितिका सयोजक महर्जनले जानकारी दिए। मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी