प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
बुधबार, १३ पुस २०७९, १४ : ००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच चरणचरणका भेटवार्ता भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण