आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थापन इतर समूहले भन्यो – पदाधिकारीलाई उपेक्षा गर्दा गठबन्धन टुट्यो

बुधबार, १३ पुस २०७९, १३ : ००
बुधबार, १३ पुस २०७९

नेपाली कांग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर  देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । बुधबार विहान नेता शेखर कोइरालाको सचिवालय विशालबजारमा बसेको बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू प्रस्तुत भए गरेको नेता अर्जुननरसिंह केसीले रातोपाटीलाई बताए ।

 ‘कांग्रेसले सबै अवर गुमाउने घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’

 ‘गठबन्धनको वैशाखी टेकेर चुनाव लड्न आवश्यक थिएन । कुनै कुरा नसुनी एकतर्फी निर्णय गर्ने नेतृत्व किन गठबन्धन कायम गरेन रु,’ केसीले भने, ‘ पार्टीका लागि यो दु:खद र दुर्भाग्य हो ।’

नेतृत्वमा वृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नदिएको इतर पक्षको ठहर छ । ‘त्यसैको परिणाम हामी यो अवस्था भोग्न पुगेका छौं ,’ केसीले भने, ‘पार्टीका पदाधिकारी नै पूर्ण रुपमा उपेक्षा गरेर सानो समूह र सीमित घेराबाट निर्णय गर्ने प्रयत्न भयो । त्यसले यो दुर्घटना नित्याएको हाम्रो निष्कर्ष रह्यो ।’

गठबन्धन भत्किनुको जिम्मेवारी संकीर्ण र सीमित घेरामा रहेकाहरुले दिनुपर्ने केसीले बताए । अब आगामी दिनमा कांग्रेसलाई जीवन्त बनाएर जागृत बनाउनुपर्ने निष्कर्ष निकालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप