मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै
बिहीबार, १४ पुस २०७९, १० : ३३
मधेस प्रदेशमा नेपाली कांग्रेसको ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण र विमलेन्द्र निधि निकट रामसरोजबीच प्रतिस्पर्धा हुन लागेको हो । पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण