आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै

बिहीबार, १४ पुस २०७९, १० : ३३
बिहीबार, १४ पुस २०७९

मधेस प्रदेशमा नेपाली कांग्रेसको  ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार  विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।

दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण र विमलेन्द्र निधि निकट रामसरोजबीच प्रतिस्पर्धा हुन लागेको हो । पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग  राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप