सरकारमा जानेबारे लोसपाले तत्काल निर्णय नलिने
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ ।
सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।
हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । नेता शुक्लाले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’ सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।
आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने उनले बताए । नागरिकता विधेयक पारित हुन्छ कि हुँदैन अहिलेका सरकारले ठोस रुपमा नीति तथा कार्यक्रममै ल्याउनुपर्छ । मधेस आन्दोलनको क्रममा मुद्दा लागेका, थुनामा रहेकाहरुलाई रिहाय गर्ने कि नगर्ने विषय पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममै ल्याउनुपर्ने नेता शुक्लाको माग छ ।
सरकार कसरी अगाडि बढ्छ त्यसको नीति तथा कार्यक्रमले प्रष्ट हुन्छ, त्यसपछि लोसपालाई केही निर्णय गर्न सजिलो हुने उनको धारणा छ । रातोपाटीसँग कुरा गर्दै नेता शुक्लाले गठबन्धन, सरकार, संसदलगायतको विषयमा आफूहरुले गहन छलफल गरिरहेको र केही दिनमै एउटा निष्कर्षमा पुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण