मात्रिका यादवका छोरा दिल्लीमा पक्राउ
शनिबार, ०८ फागुन २०७२, १८ : २३
काठमाडौ – नेकपा (माओवादी) का संयोजक मात्रिका यादवका छोरा सूर्यकिरण यादव दिल्लीमा पक्राउ परेका छन् ।
भारत भ्रमणको क्रममा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा दिल्ली पुलिसले उनलाई पक्राउ गरेको हो ।
हिजो भारतस्थित नेपाली दुतावासका अगाडि प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा उनीसहित एक दर्जनभन्दा बढी मधेशी विद्यार्थीलाई दिल्ली पुलिसले पक्राउ गरेको थियो ।
हालसम्म उनीहरुलाई छाडेको छैन । पक्राउ परेका विद्यार्थीलाई छाड्नका लागि त्यहाँका विद्यार्थीहरुले दिल्ली सरकारलाई दवाव दिइरहेको पत्रकार प्रमोद जयसवालले जानकारी गराए ।
शान्तिपूर्ण विरोध गरिरहेका मधेशी विद्यार्थीलाई पक्राउ गरेकोमा मधेशवादी दलहरुले विरोध जनाएको छ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, नेता उपेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण