बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फेरि नाकाबन्दी गर्ने मधेसी मोर्चाको चेतावनी

शनिबार, ०८ फागुन २०७२, १६ : ३२
शनिबार, ०८ फागुन २०७२

काठमाडौ– मधेसी मोर्चाले सीमानाकामा फेरि अवरोध गर्ने चेतावनी दिएको छ । मोर्चाका एक बलियो घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ संविधान हामीलाई उपेक्षा गरेर ल्याईयो, संसोधन पनि त्यसरी नै ल्याईयो, सीमांकनकोलागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रबैया जारी रहे संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौ ।’ ठाकुरले थपे,‘ सरकारले अहिले पनि दमनलाई कायम राखेको छ । फेरी दमन, निषेधित क्षेत्र लगाउने, कफ्र्यू लगाए हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौ । पहिला पनि सरकारले त्यस्तै ब्यवहार गरेर नाकाबन्दी गरेका हौं ।’ उनले सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोस ब्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदलेको भए पनि केही दिनमा बसेर शसक्त आन्दोलन लिएर आउने जानकारी दिए । ठाकुरले सरकारले आफूहरुको सहमति बेगर गठन भएको राजनीतिक संयन्त्र अस्विकार्य भएको भन्दै संयन्त्रलाई संबैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधीमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे । उनले भने,‘ संयन्त्रलाई संबैधानिक हैसियत दिएर आफूहरुले उठाएका सरोकारलाई कार्यविधीमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप